भारतले नेपाललाई बुधबारदेखि कोरोना खोप उपलव्ध गराउने

बिहिबार, ०८ माघ २०७७    Paschim Nepal News



भारतले नेपाललाई बुधबारदेखि कोरोना खोप उपलव्ध गराउने

काठमाडौं । भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलव्ध गराउने जानकारी दिएको हो ।

विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन् । नेपाल सरकारले भने भारतबाट खोप कहिले आइपुग्छ भन्ने निर्णय गरिनसकेपनि ६० लाख जनसंख्याका लागि कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिँदै आएको छ ।



Tags : #कोभिड–१९ #खोप #बंगलादेश #भुटान #माल्दिभ्स #म्यानमार #कोरोना

प्रतिकृया दिनुहोस