प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

मेरो हातमा केही पनि रहेन भनेपछि राजीनामा दिएँ : पूर्वप्रधानमन्त्री

शनिबार ११, असोज २०८२ १६:०८    Paschim Nepal News



kp.jpg

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गरेका छन्।

जेनजीको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो ध्यान रहेको बताए। ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरे । उनले राष्ट्रलाई शान्ति र समृद्धको बाटोमा सबै पक्षलाई आग्रह गरे। ‘जेनजी घरैपिच्छे छन् । घरघरमै छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ ओलीले प्रश्न गरे, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ। यसरि नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’

ओलीले जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरे। सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयम् सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ। टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ। ओलीले भने,‘यो कसरी भयो चिन्ता व्यक्त गरेको छु, त्यसबारेमा बुझ्न लगाएको छु।  यो घटनापछि अत्यन्त दुःखी छु र यो कसरी भयो रुभनी छानबिन गर्न पनि भनेको थिए। ’  

उनले भदौ २४ गते आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत बताए। उनले भने,‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ। जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ। त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे।’

उनले देशलाई सही बाटोमा फर्काउन एमालेबाहेक अरूले नसक्ने दाबी गरे। उनले भने, ‘देश बनाउने एमालेले नै हो। त्यसैले तपाइँहरूले हरेस नखानुहोस्। सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस्, राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु।’ 

पूर्वप्रधानमन्त्री ओलीले जेलबाट निस्किएका कैदीबन्दीलाई कारागार फर्कन आग्रह गरे। उनले प्रहरीका खोसिएका हातहतियार बुझाउन समेत आह्वान गरे। 



प्रतिकृया दिनुहोस