सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक धार शक्ति रोज्ने सोचमा पुगेका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ का गतिलो उम्मेदवार नदिएपछि मतदाता वैकल्पिक तथा बुद्धिजीवि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेका छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता र कर्ण बहादुर चन्द फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट दौडमा छन् । महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् भने कर्ण बहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) को चुनाव चिन्ह हँसिया सहित चुनावि मैदानमा छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।
सोमबार, २४ कार्तिक २०८२ | Paschim Nepal News
काठमाण्डौं : ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ ।
बुधबार, २२ असोज २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपालमा अत्याधिक रुचाइएको ई–स्पोट्र्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले आधिकारिक रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो । कुल पाँचहजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यस पटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दाबढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ माहुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
शनिबार, ११ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गरेका छन्।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
काठमाडौँ : नेपाली राहदानी बोकेर दुई सय जना म्यानमारका नागरिक यूएई पुगेको खुलेको छ। अध्यागमन विभागले मंगलबार अत्यधिक नेपाली श्रमिक रहेक ९ देशका राजदूत तथा गृह र परराष्ट्र मन्त्रालयका पदाधिकारीबीच गरेको भर्चुअल छलफलमा सो जानकारी दिइएको हो। छलफलमा विभागका पदाधिकारीसहित युनाइटेड अरब इमिरेट्स, कतार, ओमन, कुवेत, सउदी अरेबिया, बहराइन लगायतका खाडी मुलुक एवम् मलेशिया र थाईल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रम सहचारीसहित गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी थिए।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेपालको निजी क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड मानिँदै आएको छ । नेपालको त्यही मेरुदण्ड मानिएको निजी क्षेत्र माथि जेन जी आन्दोलनका क्रममा छानाछानी आक्रमण भयो । जेन जी आन्दोलनका क्रममा ठूला व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथि आक्रमण भयो । निजी क्षेत्रमा भएको आक्रमणपछि हिंसाले उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्रलाई झन् ठप्प पार्ने खतरा बढेको निजी क्षेत्रले बताएका छन् । मुलुकको अर्थतन्त्र पहिले नै दबाबमा रहेको बेला जेन जी आन्दोलनमा भएको यस्तो गतिविधिले निजी क्षेत्रको मनोबल गिरेको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षित गर्ने ग्यारेन्टी नदिएसम्म लगानीको वातावरण नबन्ने उनीहरूको भनाई छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
कञ्चनपुर : थारू समुदाय परम्परागत सीपमा धनी छ। पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन्। बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन्। थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन्।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए । यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।
सोमबार, २३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन । अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन गरेका छन । वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन । भीमदत्त नगरको भुजेला, दोराधाचाँदनी नगरको जगबुढा वाढी प्रभावित क्षेत्र, सशस्त्र प्रहरीको बिओपी सहित वाढी प्रभावित स्थानीयसंग भेटघाट गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगरः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।
आइतबार, १५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : बेलडाँडी गाउँपालिका–५ इमिलियाका झिकडु राना राति घरमा कहिलेकाहीँ मात्रै बस्न पाउँछन् । प्रायःजसो उनको बास चौधर नदीपारि रहेको खेतमा हुन्छ । ६० वर्षीय रानाको दैनिकी १५ वर्षदेखि यस्तै चलिरहेको छ । वन्यजन्तुबाट खेतीपाती जोगाउन उनी राति पहरा दिन खेतमै बस्ने गरेका हुन् । खेतमा उनले काठको मचान बनाएका छन् ।
शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख ७६ हजार ८ सय बराबरको बराबर सामान बरामद गरिएको छ।
शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News
अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगरः गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन । सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन । उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि अन्याय गरेको बताएका छन ।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर: भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा अघिल्लो दिन (साउन १९) देखि नै वर्षा भइरहेको थियो । कैलालीको टीकापुर नगरपालिका–८ का प्रकाश बुढा दम्पती धराली बजार छेउकै एउटा घरमा कोठा भाडामा लिएर बस्थे । ज्याला मजदुरीका लागि श्रीमतीसहित धराली पुगेका उनी वर्षाका कारण साउन २० का दिन दिउँसोको खाना खाएर आराम गर्ने तयारीमा थिए ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
महेन्द्रनगर: नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.