प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

जनताको सुरक्षालाई उच्चतम बिन्दुमा राखेर काम गर्न निर्देशन

बुधबार १८, भदौ २०८२ ०१:४८    Paschim Nepal News



cdo.jpg

महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला  अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन  गरेका छन । वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन । भीमदत्त नगरको भुजेला, दोराधाचाँदनी नगरको जगबुढा वाढी प्रभावित क्षेत्र, सशस्त्र प्रहरीको बिओपी सहित वाढी प्रभावित स्थानीयसंग भेटघाट गरेका छन । 

प्रजिअ ढकालले विपदका बेला मानविय सेवामा खटिबद्ध भएर खटिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन । वाढीको संकटका बेला उद्दार, कटानी क्षेत्रमा पुर्नस्थापना, राहत एव पीडितमैत्री भएर मानविय व्यवहार गर्न समेत सरोकारवालासग आग्रह गरेका छन । ढकालले  वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै थप उद्दार, राहतदेखि अझैपनि मौषम प्रतिकुलै रहेकाले जगबुढा, महाकाली, चौधर, मोहना सहित नदीखोला नाला तटिय क्षेत्रका स्थानीय सचेत रहन आग्रह गरेका छन । बर्षा नरोकिएपछि कञ्चनपुरको जनजिवन समेत प्रभावित भएको छ । 
 



प्रतिकृया दिनुहोस