प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

राजनीति


  • प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने

    बिहिबार, २१ फागुन २०८२ | नृग बहादुर शाह

    महेन्द्रनगर : आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।

  • कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ

    सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह

    महेन्द्रनगर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक धार शक्ति रोज्ने सोचमा पुगेका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ का गतिलो उम्मेदवार नदिएपछि मतदाता वैकल्पिक तथा बुद्धिजीवि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेका छन् ।

  • रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम

    सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह

    महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।

  • नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म

    सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह

    महेन्द्रनगर : अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका उम्मेदवार महताले यस अघि आफुले सञ्चालन गरेको राष्ट्रिय सोलार इनर्जी प्रालि मार्फत नेपाल सरकारलाई ठगेको फेला परेको हो । समाजका र राष्ट्रका लागि सिन्को समेत नभाचेर सुशासन र भ्रष्टाचार निवारणको नारा बोकी नयाँ भन्दै राजनितिमा लागेका महताले यसअघि नै चरम भ्रष्टाचार गर्दै आएको तथ्य खुलेको छ । जनताको लागि एक मिनेट पनि समय नखर्चिएका महता अनुदान खान नग।रपालिका देखि प्रदेश हुँदै केन्द्रसम्म धाउने गरेका थिए । उनले शुरु गरेका हरेका काममा नेपाल सरकारको अनुदान रहेको छ ।

  • अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा

    सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह

    महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता र कर्ण बहादुर चन्द फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट दौडमा छन् ।  महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् भने कर्ण बहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) को चुनाव चिन्ह हँसिया सहित चुनावि मैदानमा छन् ।

  • जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

    सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह

    महेन्द्रनगर : २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।

  • दलितप्रति अनुदार ठूला दल

    बुधबार, ०७ माघ २०८२ | Paschim Nepal News

    राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन ।

  • विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग

    बुधबार, ०७ माघ २०८२ | Paschim Nepal News

    नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् ।

  • एमाले महाधिवेशनमा खटिने स्वयंसेवकलाई विशेष तालिम दिइँदै

    मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News

    नेकपा एमालेको ११औं महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदैछ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौं’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् । एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

  • भेट्न जानेलाई देउवाले भने : अन्तिमपटक चुनाव लड्छु

    मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने भेट्न जाने नेताहरुलाई बताएका हुन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।

  • नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा कार्कीको उम्मेदवारी दर्ता

    बुधबार, १९ कार्तिक २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : नेपाल जेसीजका अनुभवी र समर्पित नेता जेसी जीवनकार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । ‘एकताको संकल्प, रूपान्तरणको यात्रा’ भन्ने नाराका साथ उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुतिका रूपमा यो महत्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।

  • कञ्चनपुरमा बालबालिकासंग रात्रीभोज,  रक्तदान र फलफूल वितरण गरि मनाइयो

    सोमबार, १० कार्तिक २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : नेपाल तरुण दलको ७३ औं स्थापना दिवस कञ्चनपुरमा समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकासंग रात्रीभोज, रक्तदान तथा फलफूल वितरण कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाइएको छ । तरुण दलका केन्द्रीय सदस्य आषिस खत्री, तरुण दल भीमदत्त नगरका नगर समिति सचिव राहुल भट्ट, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शुरेस रावल, तरुण दलका नेता दिपक राज बिष्ट, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुः इन्द्र साउँद र सञ्जु अधिकारी लगायतका व्यक्तिहरुले अनाथालयमा आफै खाना बनाएर त्यहाँ रहेकान बालबालिकाहरुलाई रात्रिभोज गराएका हुन् ।

  • सुशासन र विकासमा एमालेको नेतृत्वको सरकारले ध्यान केन्द्रित गरेको थियो : ओली

    शनिबार, ११ असोज २०८२ | Paschim Nepal News

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन्।

  • मेरो हातमा केही पनि रहेन भनेपछि राजीनामा दिएँ : पूर्वप्रधानमन्त्री

    शनिबार, ११ असोज २०८२ | Paschim Nepal News

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गरेका छन्।

  • जेन जी आन्दोलनले अर्थतन्त्रमा नयाँ संकट निम्त्याउने निजी क्षेत्रको निष्कर्ष

    मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News

    काठमाडौं : नेपालको निजी क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड मानिँदै आएको छ । नेपालको त्यही मेरुदण्ड मानिएको निजी क्षेत्र माथि जेन जी आन्दोलनका क्रममा छानाछानी आक्रमण भयो । जेन जी आन्दोलनका क्रममा ठूला व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथि आक्रमण भयो । निजी क्षेत्रमा भएको आक्रमणपछि हिंसाले उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्रलाई झन् ठप्प पार्ने खतरा बढेको निजी क्षेत्रले बताएका छन् । मुलुकको अर्थतन्त्र पहिले नै दबाबमा रहेको बेला जेन जी आन्दोलनमा भएको यस्तो गतिविधिले निजी क्षेत्रको मनोबल गिरेको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षित गर्ने ग्यारेन्टी नदिएसम्म लगानीको वातावरण नबन्ने उनीहरूको भनाई छ ।

  • संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं: पूर्वविद्यार्थी नेताहरूले जेनजी आन्दोलनको नाममा भएको विध्वंसको आवरणमा संसद् विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् । पूर्वविद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन्।

  • जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।

  • नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं: अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

  • २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    जेनजी पुस्ताले विरोध प्रदर्शन गर्दा २४ घण्टामै सरकार ढल्यो र प्रधानमन्त्रीले राजीनामा दिए। प्रदर्शनमा भएको दमनको कारण ठूलो मानवीय क्षति भयो, तर अर्बौंको भौतिक संरचना ध्वस्त भए। जेनजी पुस्ताले अब पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिको रूपमा अघि सार्ने तयारी गरेका छन्।

  • यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : नेपालमा राजनीतिक र संवैधानिक संकट उत्पन्न भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजी पुस्ताको आन्दोलन र सेनाको संलग्नताका कारण नयाँ सरकार गठनको प्रयास भइरहेको छ। बंगलादेशको राजनीतिक घटनाक्रमसँग तुलना गर्दै, नेपालमा संविधान संशोधन र अन्तरिम सरकार गठनको विषयमा बहस चलिरहेको छ। काठमाडौँ । आजभन्दा करिब १४ महिनाअघिको बंगलादेश अहिले नेपालजस्तै राजनीतिक र संवैधानिक संकटबाट गुज्रिएको थियो । सन् २०२४ सेप्टेम्बर ४ तारिखका दिन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगिन् । त्यसको दुई दिनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरिन् ।

  • हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    कञ्चनपुर : थारू समुदाय परम्परागत सीपमा धनी छ। पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन्। बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन्। थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन्।

  • राजनीतिक समूहको प्रवेशपछि बिच्किए जेनजी, सेनासँगको छलफलमा के भयो ?

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : लामो समयको छलफल र परामर्शपछि जेनजी आन्दोलनको घोषणा गर्ने समूहका प्रतिनिधिहरू पुरुषोत्तम यादव र रक्षा बमको समूह जंगी अड्डामा नेपाली सेनासँग छलफल गर्न प्रवेश गरे । यादव र बम समूहसहितका करिब ५० जना प्रतिनिधिहरू सो छलफलमा सहभागी थिए । आज रातिको करिब साढे ७ बजेसम्म भएको छलफल ठोस निष्कर्षमा पुग्न सकेन । कारण थियो सो बैठकमा राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रस्ताव गरेको गैर जेनजी समूहका प्रतिनिधिहरूको नाम र दुर्गा प्रसाईँको ‘इन्ट्री’ ।

  • बालेनको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकारको गठन र संसद्को विघटन गर्न सुझाव दिएका छन् । जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकारको गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।

  • जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको आह्वान

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं: जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्। बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् ।