बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमााडौं : जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले राज्यले युवाहरुको आवाज थुन्न खोजेको भन्दै त्यसको घोर भत्र्सना गर्दै विरोध गरेका छन् । ‘विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, उनले बताए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
विराटनगर : सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेको थियो । सेनाले केही बन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौँ: देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : जेएनजी आन्दोलनकारीले महेन्द्रनगर सदरमुकाममा सत्तारुढ काँग्रेस एमालेका जनप्रतिनिधि र नेताहरुको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर: नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ । सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ । काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ । यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए । यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।
सोमबार, २३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन । अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगरः गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन । सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन । उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि अन्याय गरेको बताएका छन ।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
काठमाण्डौ : ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
महेन्द्रनगर: नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए । ‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’
बुधबार, १४ साउन २०८२ | Paschim Nepal News
बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’
मङ्गलबार, १० असार २०८२ | Paschim Nepal News
काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकारेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
बिहिबार, २२ जेठ २०८२ | Paschim Nepal News
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मङ्गलबार, २३ बैशाख २०८२ | Paschim Nepal News
महेन्द्रनगर : उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले कृष्णपुर नगरपालिकाको सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ। भेटवार्तापछि दुई देशबीच केही महत्त्वपूर्ण सम्झौता भएको छ। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। बुधबार थाइल्याण्डको राजधानी बैंकको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ। साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
काठमाडौँ : अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रबार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।
बिहिबार, ०७ चैत २०८१ | Paschim Nepal News
महेन्द्रनगरः त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिमका २४ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैभन्दा बढी नेतृत्व नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जितेको छ । सुदूरपश्चिमका ६ जिल्लामध्ये कैलालीका ९, कञ्चनपुरका ६, बझाङ र बैतडीका ३-३, डोटीका २ र डडेल्धुराको १ क्याम्पसमध्ये १३ वटामा नेविसंघ एक्लैले र २ वटामा नेविसंघ नेतृत्वकै संयुक्त प्यानलले अध्यक्ष पद जितेको हो । बाँकी क्याम्पसमध्ये माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ६, एमालेको अनेरास्ववियुले २ र एकीकृत समाजवादीको अनेरास्ववियूले १ कलेजमा अध्यक्ष पद जितेका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.