प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

जेनजीका अभियन्ताले भने– रास्वपा र दुर्गा प्रसाई समूहले आन्दोलनलाई अराजक बनाए

बुधबार २५, भदौ २०८२ ०८:५२    Paschim Nepal News



काठमााडौं : जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले राज्यले युवाहरुको आवाज थुन्न खोजेको भन्दै त्यसको घोर भत्र्सना गर्दै विरोध गरेका छन् । ‘विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, उनले बताए ।


नेपाल प्रेससँगको कुराकानीमा उनले यो हामीले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक समूहको प्रवेश पछि आन्दोलन अराजक बनाएको पनि दाबी गरेका छन् । उनले आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने थियो, केही व्यक्ति र समूहको प्रवेशले आन्दोलन दुःखद मूडभेठ तर्फ पुगेको बताए ।


कुन समूहको प्रवेश थियो ? भन्ने प्रश्नमा उनले रास्वपा र दुर्गा प्रसाईँका केहि कार्यकता उनीहरूसँग जोडिएको बताए । ‘त्यस क्रममा हामीले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेका थियौ, उहाँहरुले समर्थन गर्नुभएको पनि थियो’, उनले भने । भीड बढ्दैँ जाँदा उनीहरु पछिबाट अराजक भएको र तोडफोडको मनस्थितीमा देखिएपछि हामी बाँहिरिएको संयोजक खनालले भने ।


त्यस्तै उनले कुराकानीमा हामीलाई देखाएर राजनीतिक दल र स्वार्थ भएका मान्छेहरु आफ्नो राजनीतिक स्ट्न्ड गरी दुखद घटना घट्ना घट्न गएको उनले स्वीकार गरे ।


भ्रष्टाचार र सुशासन हाम्रो मुख्य मुद्धा रहेतापनि हामीले थोरै मात्रा सामाजिक सञ्जालको विषय उठान गरेको र उनीहरुले सो कुरामा जोड् दिई आन्दोलनलाई भाड्न खोजेको आरोप लगाएका छन् ।


राज्य प्रणालीमा भ्रष्टाचारमूक्त नेपाल र प्रणालीको पक्षमा प्रर्दशन गर्ने भनि जेनजी समूहले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शनको घोषणा गरेको थियो ।



प्रतिकृया दिनुहोस