प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

आशलाग्दा युवाहरुसहित अध्यक्षमा निर्वाचित भए अवस्थी

सोमबार २३, भदौ २०८२ ११:२३    Paschim Nepal News



2.jpg

महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन ।  अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्द, उपाध्यक्षमा यज्ञराज वैज,  महासचिवमा देवीदत्त भट्ट, सचिवमा वृज चन्द, कोषाध्यक्षमा तेज बहादुर चन्द र सह कोषाध्यक्षमा हेम बहादुर महरा निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्दले १६९ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्वन्दी अमर बहादुर बमले १०७ मत प्राप्त 
गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा यज्ञराज वैजले १४८ मत प्राप्त गरेका हुन भने दीपक भट्टले १३२ मत प्राप्त गरेका थिए । महासचिवमा देवीदत्त भट्टले १६६ मत प्राप्त गरेका हुन भने योगेन्द्र ठकुराठीले ११४ मत प्राप्त गरेका हुन ।

सचिवमा वृज किशोर चन्द र  कोषाध्यक्षमा तेज बहादुर चन्द निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी सह कोषाध्यक्षमा हेम बहादुर महराले १३५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने प्रतिस्प्रधि पदम राज भट्टले ८१ मत र चित्र बहादुर कार्कीले ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदम राज भट्टले बताए । 

यसैगरी संघको सदस्यतर्फ गणेश सुवेदी, चन्द्र सिंह कार्की, दीपक कार्की, नवीन चन्द, मनिराज रेग्मी, महेश जोशी र सन्तोष खत्री विजयी भएको निर्वाचन अधिकृत भट्टले बताए । 



प्रतिकृया दिनुहोस