प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

कञ्चनपुरमा भट्टको अगुवाईमा नेपाल स्वास्थ्यकर्मी संघ र्निविरोध चयन

शनिबार ३१, साउन २०८२ २३:२२    Paschim Nepal News



महेन्द्रनगर: नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।

खुल्लातर्फ भुवन बिष्ट सहित अन्य बिभिन्न बिधाबाट पाँच जना गरी ६ जना उपाध्यक्ष निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा तर्क राज भट्ट र सचिवमा महानन्द जोशी निर्वाचित भएको निर्वाचन अधिकृत जनक बहादुर कुवँरले जानकारी दिए । उनका अनसार १२ जना जिल्लासमिति सदस्य र्निविरोध चयन भएका छन ।

जिल्ला अधिबेशनको प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरा थिए । बिशिष्ठ अतिथि नेपाली काँग्रेस जिल्ला उपसभापति मिनबहादुर सिंह रहेका थिए ।

भिमदत्त नगरपालिको सभाहलमा शनिबार सम्पन्न अधिबेशनमा नेपाली काँग्रेसका भातृ तथा स्वेच्छुक संस्थाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको थियो ।



प्रतिकृया दिनुहोस