प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

कञ्चनपुर, स्याङ्जालगायत ६ जिल्लाका सिडिओको सरुवा

शुक्रबार २२, चैत २०८१ १४:१९    Paschim Nepal News



home-ministry.2024-08-28-06-09-54.jpeg

काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ । 

कञ्चनपुर, स्याङ्जा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो । 

कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेदप्रसाद खरेल, स्याङ्जामा ईश्वरीप्रसाद अर्याल, लमजुङमा माधवप्रसाद खरेललाई खटाइएको छ । दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ। 

कञ्चनपुरका नारायणप्रसाद सापकोटा, स्याङ्जाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ। 



प्रतिकृया दिनुहोस