प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

२७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?

बिहिबार २६, भदौ २०८२ ०८:२७    Paschim Nepal News



काठमाडौँ : भदौ २३ गते विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको जेनजी पुस्ताले करिब २७ घण्टामै सत्ता ढाल्न सफल भयो । २३ गते आन्दोलनमा व्यापक दमन भएपछि ठुलो मानवीय क्षति भएको थियो ।

विरोध प्रदर्शनमा भएको दमनकै कारण २४ गते जेनजी पुस्ता आक्रोशित भएर सडकमा निस्किए । त्यसदिन अघिल्लो दिनको तुलनामा मानवीय क्षति त धेरै भएन तर अर्बौंका भौतिक संरचना ध्वस्त भए ।

देशभर एकसाथ भएको विरोध प्रदर्शन सरकारले झेल्न सकेन । परिणामस्वरुप मंगलबार दिउँसो करिब साढे दुई बजे केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

त्यस यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी पुस्तालाई वार्ताका लागि आह्वान गरेका छन् ।

बुधबार जेनजीका अगुवाहरूबिच अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको थियो । सोही क्रममा उनीहरूले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिका रूपमा अघि सार्ने तयारी छन् । यसबारे बिहीबार बिहानसम्म फाइनल निर्णयमा पुग्ने र बिहीबार नै प्रधान सेनापतिसँग छलफलमा बस्ने जेनजी अगुवाको तयारी छ ।

आगामी मार्गचित्र प्रस्ट नहुँदा मुलुकमा एक प्रकारको अन्योल छ । ओलीले राजीनामा दिइसकेपछि कार्यकारी प्रमुखको भूमिकामा एकातिर शून्यता छ भने अर्कोतिर राज्यका विभिन्न निकाय अन्योलमा छन् ।

जेनजी पुस्ताले सामूहिक भावबाटै आन्दोलन अघि बढाएका थिए, जसका लागि छुट्टै नेतृत्वको विकास गरिएको थिएन । सूचना–प्रविधिका माध्यमबाट संगठित भएका उनीहरूले सुरुमा आफ्नो सम्पूर्ण ध्यान आन्दोलनमा केन्द्रित गरे ।

आन्दोलन सफल भइसकेपछि सकेसम्म जेनजी पुस्ताको सामूहिक निर्णय, त्यो हुन नसके अधिकांशको सहमतिका आधारमा मुलुकलाई निकास दिने तयारी गर्दा केही समय लागेको उनीहरूको तर्क छ ।



प्रतिकृया दिनुहोस