प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद

शनिबार १४, भदौ २०८२ ११:०७    Paschim Nepal News



taskari-saman.jpg

महेन्द्रनगर: कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख ७६ हजार ८ सय बराबरको बराबर सामान बरामद गरिएको छ।

भन्सार छलीको बिभिन्न किसिमका कपडा, बिजुली, कस्मेटिक, किरानाका सामान तथा मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।



प्रतिकृया दिनुहोस