प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

भारतले बाँधको ढोका खोलेपछि महाकालीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

मङ्गलबार २०, साउन २०८२ १३:३३    Paschim Nepal News



mahakali_nadi_badi.jpg

दार्चुला : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गरेका छन् ।


यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि महाकालीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदी छेउछाउ नजान अनुरोध गरिएको छ । धौलीगङ्गाको बाँधको ढोका खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको  छ ।

चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक

महाकालीमा पानीको बहाब बढेपछि महाकाली नदीमा रहेको पक्की पुलमा चार पाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ । महाकालीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख दुई हजार ७४२ क्युसेक पुगेपछि आज बिहानैदेखि चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सोमबार उक्त पुल भएर चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक  लगाइएको थियो । महाकाली नदीमा पानीको बहाव प्रति सकेण्ड एक लाख क्युसेक पुग्ने बितिक्कै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाउने गरिन्छ ।

अहिले महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले दार्चुलाको दत्तुमा पानीको बहाव सतर्कताको बिन्दु नजिक पुगेको छ ।



प्रतिकृया दिनुहोस