प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

जिल्लामा बर्डफ्लु भित्रिन नदिन सिडियो ढकालको निर्देशन

शुक्रबार १३, भदौ २०८२ ०९:४०    Paschim Nepal News



महेन्द्रनगर : छिमेकी मुलुक भारतको उत्तराखण्डमा वर्ड फ्लुको संक्रमण देखा परेपछि सीमावर्ती स्थानमा कञ्चनपुर प्रशासनले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्ड फ्लु नियन्त्रणका लागि जिल्लाका सबै जसो खुला सिमा नाकाहरूमा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिएका छन् ।

पशु पन्छिजन्यमा लाग्ने रोगलाई भारतिय सिमाबाट नेपाल भित्रन नदिन प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा सोमबार बसेको जिल्ला वर्ड फ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्ने लगायतका निर्णयहरू गरे संगै जिल्लाका सबै जसो सिमा नाकाहरूमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन ०५५ को दफा १५ बमोजिम कञ्चनपुर जिल्लाका पुनर्वास, बेलौरी, बेलडाँडी, दोधारा चाँदनी र भीमदत्त नगरपालिकाको वडा नं. १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पशु पन्छीजन्य सामग्रीको आयात निर्यात तथा ओसार पसारलाई पूर्ण रूपमा निषेध गरिएको छ । 

प्रजिअ ढकालको अध्यक्षतामा बसेको सो बैठकले वर्ड फ्लुको जोखिम न्यूनीकरण तथा रोकथाम गर्न बैठकमा सुरक्षा निकाय, पशु सेवा विज्ञ, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, कुखुरा व्यवसायी तथा सरोकारवाला निकायको सहभागितामा थियो । भारतसंग सिमा नाका जोडिएका कञ्चनपुर जिल्लाका सबै स्थानमा सुरक्षा उच्च शर्कता अपनाईएको प्रजिअ ढकालले बताए । 
वर्ड फ्लु जन्य रोगबाट वच्न र सोबारे आ–आफ्नो स्थानबाट उच्च शतर्कता अपनाउन प्रजिअ ढकालले सबै जिल्लावासिमा अनुरोध समेत गरेका  छन् ।
 



प्रतिकृया दिनुहोस