प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

अछाममा छाउबारीमा सुतिरहेका बेला ढुङ्गा खस्दा महिला र बालिकाको मृत्यु, एक गम्भीर घाइते

शुक्रबार १३, भदौ २०८२ १०:०५    Paschim Nepal News



chau-goth.png

महेन्द्रनगर : अछाममा महिनावारी बार्न खेतबारीमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा ढुङ्गा खस्दा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

गोरे भण्डारीकी श्रीमती ३६ वर्षीया रत्ना भण्डारीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । आज शुक्रबार बिहान करिब ५:३० बजेतिर अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका स्थानीय तीन जनालाई ढुङ्गाले लागेको थियो । ती मध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते लाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्यचौकी बारला पठाइएको थियो । थप उपचारको लागि नेपालगन्ज रेफरको तयारी गरिएको छ । मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर छाउ भएपछि खेतामा पाल टागेर सुतेका थिए ।

भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।



प्रतिकृया दिनुहोस