प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रदेश अध्यक्षमा जोशी चयन

शुक्रबार ०७, मङि्सर २०८१ १९:४४    Paschim Nepal News



Messenger_creation_DA2DABB8-716A-4796-B63F-103B2D726333.jpeg

धनगढी : प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटिईभिटी) अन्र्तगत नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम प्रदेश अधिवेशन बाट सर्वसम्मत रुपमा माधव प्रसाद जोशीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति चयन गरिएको छ ।

शुक्रबार कैलालीको धनगढीमा सम्पन्न भएको अभिवेशनबाट उपाध्यक्षमा स्वतन्त्र कुँवर, सचिवमा धनराज कार्की, कोषाध्यक्षमा दिनेश कुमार पाण्डे निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा भुवेश पन्त, प्रयागराज जोशी, विशाल ज्ञवाली, विकास नेपाली र शुरेस सुनार चयन भएका छन् । अधिवेशनबाट नेत्रबिक्रम भट्ट, प्रेमराज पाण्डेय र प्रकाश पोखरेल सल्लाहकारमा चयन भएका छन् ।

यसअघि भएको उद्घाटन सत्र सिटिईभिटी अन्र्तगत नेराकसका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चाज नेत्रबिक्रम भट्टको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय शिवसिंह ओली प्रमुख अतिथी रहेका थिए । संविधान सभा सदस्य तथा नेकपा माओवादीका प्रदेश सचिव जनक बुढा बिशिष्ट अतिथी रहेको कार्यक्रमको सञ्चालन शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका ईन्जिनियर भुवेश पन्तले गरेका थिए ।



प्रतिकृया दिनुहोस