प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

समाज


  • कञ्चनपुर निर्माण व्यवसायी संघमा नेतृत्वका लागि लडाई, भट्ट र अवस्थीबिच पुनः प्रतिस्पर्धा

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।

  • छाउगोठ छाड्दा लाञ्छना, बस्दा यातना

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।

  • डडेल्धुरा जीप दुर्घटना अपडेटः सबै मृतकको सनाखत र घाइतेको परिचय खुल्यो

    बिहिबार, १२ भदौ २०८२ | Paschim Nepal News

    डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ। उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए। मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

  • उत्तराखण्ड बाढीपीडत नेपाली भन्छन् : न काम छ, न घर फर्किने पैसा

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर: भारत उत्तराखण्ड उत्तरकाशीको धरालीमा ‘क्लाउड ब्रस्ट’ पछि खीरगंगा नदीमा बाढी आउँदा धादिङको ज्वालामुखी गाउँपालिका-२ काफलपानीका ६५ वर्षीय छोलामा तामाङ नदी किनारमै थिए। उनको कोठा नदी छेउमै थियो ।

  • उत्तराखण्ड बाढी प्रभावित नेपाली : ‘फर्किन पैसा छैन, हराएका आफन्त छाडेर हिँड्न पनि सकेनौं’

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर: भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा अघिल्लो दिन (साउन १९) देखि नै वर्षा भइरहेको थियो । कैलालीको टीकापुर नगरपालिका–८ का प्रकाश बुढा दम्पती धराली बजार छेउकै एउटा घरमा कोठा भाडामा लिएर बस्थे । ज्याला मजदुरीका लागि श्रीमतीसहित धराली पुगेका उनी वर्षाका कारण साउन २० का दिन दिउँसोको खाना खाएर आराम गर्ने तयारीमा थिए ।

  • कैलाली कारागार घटनाः ३५ कैदीबन्दी ‘डिस्चार्ज’ अन्यत्र स्थानान्तरणको तयारी

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'

  • कञ्चनपुरको बेलौरीमा ऐन बनेसँगै भलमन्सालाई प्रमाणपत्र वितरण

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।

  • कामको गति बढाउनुहोस्, बजेटको चिन्ता नगर्नुहोस् : मन्त्री खड्का

    बुधबार, १४ साउन २०८२ | Paschim Nepal News

    बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’

  • सहकारीमा गुणस्तरिय सोच तथा व्यवहारबाट कार्यकुशलातामा अभिवृद्धि

    बुधबार, २० चैत २०८१ | Paschim Nepal News

    आज ६८ औ राष्ट्रिय सहकारी दिवस अवसरपारी केही  बिचार प्रस्तुत गर्दैछु । नेपालको सहकारी आन्दोलनमा विभिन्न आरोह अवरोह संग संगै लोकतान्त्रीक गणतन्त्र नेपालको मौजुदा संविधानले तिन खम्बे अर्थनीति अवलम्वन गरे अनुरुप सहकारी क्षेत्र एक अंङ्ग भएको सर्वस्विकार्य रहेको छ । यसको संचालन , परिचालन र नियमनमा कतिपय प्रश्न उब्जेपनि सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण बाट मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने अटल विश्वास राखेको छु ।

  • महेन्द्रनगरमा श्रृङागारिक महाआरती हुँदै, पुर्वमन्त्री रावलले उद्घाटन गर्ने

    बिहिबार, १७ असोज २०८१ | Paschim Nepal News

    महेन्द्रनगर​​​​​​​ : कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक श्रृङगारिक महाआरती आयोजना हुँदै छ जसको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले गर्ने कार्यक्रम रहेको छ । बडादशैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा श्रृङगारिक महाआरती आयोजना गर्न लागिएको होa । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पुजा रुद्राभिषेक तथा श्रृङागारिक महाआरती संचालन गरेको जनाएको छ ।