समाचार


  • उखु किसान आन्दोलनमा सत्ताधारी र विपक्षी दलकोे साथ

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगरः गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन । सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन ।  उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि  अन्याय गरेको बताएका छन ।

  • कञ्चनपुर निर्माण व्यवसायी संघमा नेतृत्वका लागि लडाई, भट्ट र अवस्थीबिच पुनः प्रतिस्पर्धा

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।

  • छाउगोठ छाड्दा लाञ्छना, बस्दा यातना

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।

  • डडेल्धुरा जीप दुर्घटना अपडेटः सबै मृतकको सनाखत र घाइतेको परिचय खुल्यो

    बिहिबार, १२ भदौ २०८२ | Paschim Nepal News

    डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ। उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए। मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

  • पुटिनसँग वार्तापछि ट्रम्पले गरे जेलेन्स्कीलाई फोन, सोमबार अमेरिकामा हुनेछ भेट

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    काठमाण्डौ : ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्।

  • उत्तराखण्ड बाढीपीडत नेपाली भन्छन् : न काम छ, न घर फर्किने पैसा

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर: भारत उत्तराखण्ड उत्तरकाशीको धरालीमा ‘क्लाउड ब्रस्ट’ पछि खीरगंगा नदीमा बाढी आउँदा धादिङको ज्वालामुखी गाउँपालिका-२ काफलपानीका ६५ वर्षीय छोलामा तामाङ नदी किनारमै थिए। उनको कोठा नदी छेउमै थियो ।

  • उत्तराखण्ड बाढी प्रभावित नेपाली : ‘फर्किन पैसा छैन, हराएका आफन्त छाडेर हिँड्न पनि सकेनौं’

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर: भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा अघिल्लो दिन (साउन १९) देखि नै वर्षा भइरहेको थियो । कैलालीको टीकापुर नगरपालिका–८ का प्रकाश बुढा दम्पती धराली बजार छेउकै एउटा घरमा कोठा भाडामा लिएर बस्थे । ज्याला मजदुरीका लागि श्रीमतीसहित धराली पुगेका उनी वर्षाका कारण साउन २० का दिन दिउँसोको खाना खाएर आराम गर्ने तयारीमा थिए ।

  • कञ्चनपुरमा भट्टको अगुवाईमा नेपाल स्वास्थ्यकर्मी संघ र्निविरोध चयन

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    महेन्द्रनगर: नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।

  • कैलाली कारागार घटनाः ३५ कैदीबन्दी ‘डिस्चार्ज’ अन्यत्र स्थानान्तरणको तयारी

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'

  • कञ्चनपुरको बेलौरीमा ऐन बनेसँगै भलमन्सालाई प्रमाणपत्र वितरण

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।

  • मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए । ‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’

  • बाजुरा बाढी अपडेटः १९ घर बाढीले बगे, सात घरमा क्षति

    शुक्रबार, ३० साउन २०८२ | Paschim Nepal News

    बाजुराः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा १८ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका थप आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

  • शुक्लाफाँटामा  दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    शुक्रबार, ३० साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ। पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ। जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।

  • नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन असोज पहिलो साता महेन्द्रनगरको सिटी हलमा हुने

    बिहिबार, २९ साउन २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : नेपाल जेसिज क्षेत्र ‘घ’ सम्मेलन आगामी असोज पहिलो साता महेन्द्रनगरस्थित सिटी हलमा हुने भएको छ । महेन्द्रनगर जेसीजको आतिथ्यतामा असोज ३ र ४ गते सम्मेलन आयोजना तयारी थालिएको छ । बुधबार पत्रकार सम्मेलन गरी क्षेत्रीय सम्मेलन ‘घ’ सम्बन्धि जानकारी दिइएको छ ।

  • आरिघोप्टे वर्षाले उत्तराखण्डको धराली बजार तहसनहस

    बुधबार, २१ साउन २०८२ | Paschim Nepal News

    कञ्चनपुर : भारतको उत्तराखण्डस्थित काशीपुर जिल्लामा पर्ने धराली बजार ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएको छ । खिरगंगा नदीमा मंगलबार दिउँसो १ः४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल बगाएको हो । बाढीमा परी चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना बेपत्ता छन् ।

  • भारतले बाँधको ढोका खोलेपछि महाकालीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

    मङ्गलबार, २० साउन २०८२ | Paschim Nepal News

    दार्चुला : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।

  • कक्षा १२ को नतिजा सार्वजनिक

    सोमबार, १९ साउन २०८२ | Paschim Nepal News

  • कामको गति बढाउनुहोस्, बजेटको चिन्ता नगर्नुहोस् : मन्त्री खड्का

    बुधबार, १४ साउन २०८२ | Paschim Nepal News

    बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’

  • ट्रम्पको प्रस्तावको युद्धविराम स्वीकार्दै इजरायल र इरानले के भने

    मङ्गलबार, १० असार २०८२ | Paschim Nepal News

    काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकारेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।

  • पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

    बिहिबार, २२ जेठ २०८२ | Paschim Nepal News

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • सात वर्षमा पनि बनेन दैजी–जोगबुढा सडक

    सोमबार, ०५ जेठ २०८२ | Paschim Nepal News

    कञ्चनपुरः ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन सकेको छैन। विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ। हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ। यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

  • कृष्णपुर नगरपालिकाको निर्णय विरुद्धको रिटमा आएन अन्तरिम आदेश

    मङ्गलबार, २३ बैशाख २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले कृष्णपुर नगरपालिकाको सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

  • कञ्चनपुरका उखु किसानले पाँच वर्षमा पाए एक अर्ब २८ करोड अनुदान

    बिहिबार, १८ बैशाख २०८२ | Paschim Nepal News

  • कैलारी गाउँपालिकामा बजेट अभावमा अस्पताल सञ्चालन गर्न समस्या

    शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News

    धनगढी : कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ। सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो । जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। १५ शय्याको अस्पताल सञ्चालनका लागि भव्य संरचना तयार भइसकेको छ।